• जीवनशैली | Jiwanshaili
  • कैलालीमा आगलागी हुँदा ७१ घर पूर्ण रुपमा जलेर नष्ट


    कैलालीको कैलारी गाउँपालिका–७ को रामपुरमा आगलागी हुँदा ७१ घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

    रामपुरस्थित विपतपुर मुक्त कमैया शिविरमा भएको आगलागीबाट उक्त संख्याका कच्ची घर जलेर पूर्णरुपमा नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ ।

     

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीका अनुसार आइतबार दिउँसो गहुँको नल बाल्न सल्काइएको आगो बस्तीमा पसेको हो । आगलागीबाट विपतपुर मुक्त कमैया शिविरमा रहेका करीब ७१ वटा कच्ची घर जलेर नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको जोशीले जानकारी दिए ।

    विपतपुर शिविरमा पुगेका जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले आगलागीबाट ७० देखि ७३ घर जलेर पूर्ण रुपमा नष्ट भएको अनुमान गरिएको बताउँदै हालसम्म मानवीय क्षतिको विवरण प्राप्त गर्न नसकिएको बताए ।

     


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस