धादिङमा बस र कार ठोक्किँदा पाँच जनाको मृत्यु
धादिङमा बस र कार ठोक्किँदा चार भारतीय र एक नेपाली गरी पाँच जनाको मृत्यु भएको छ।
आइतबार दिउँसो २ बजे थाक्रे गाउँपालिका ७ जुङखोला स्थित पृथ्वी लोकमार्गमा बस र कार आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।
काठमाडौंबाट धादिङबेशी जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बस र चितवनबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१-०२५ भ २९६८ नम्बरको कार आपसमा ठोक्किएका हुन्।
दुर्घटनापछि घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाइएको थियो। उपचारका क्रममा कारका चालक तनहुँ खैरेनीका ३५ वर्षीय दिलबहादुर बस्नेतको मृत्यु भएको हो।
सवा ४ बजे टिचिङ अस्पतालमा उनको मृत्यु भएको कार्यालयले जनाएको छ।
त्यस्तै कारमा सवार भारत उत्तरप्रदेशका अन्दाजी ४५ वर्षीय विमलचन्द्र अग्रवाल, अन्दाजी ३५ वर्षीया साधना अग्रवाल, अन्दाजी ४० वर्षीया सन्ध्या अग्रवाल र अन्दाजी ५५ वर्षीय राकेश अग्रवालको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूमध्ये विमलचन्द्रको वीर अस्पताल र अरूको ट्रमा सेन्टरमा मृत्यु भएको हो।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस