• जीवनशैली | Jiwanshaili
  • मेघ गर्जनचट्याङ्ग सहित वर्षाकाे सम्भावना


    हाल देशको पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ।

    हाल देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

    दिउँसोः देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यता सफा रहने छ। बागमती प्रदेश र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरूमा र गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जनचट्याङ्ग सहित क्षणिकहल्का वर्षाको सम्भावना रहेको छ।

    रातीः देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यता सफा रहने छ। गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जनचट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस