• जीवनशैली | Jiwanshaili
  • शुक्रबार सुनको मूल्य बढ्याे


    नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १२ सय रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ पुगेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३२० रुपैयाँमा कारोबार भएकोमा आज सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस