• जीवनशैली | Jiwanshaili
  • गोरखामा जन्ती बोकेको जिप दुर्घटना, तीन जनाको मृत्यु


    गोरखामा जन्ती बोकेको स्कार्पियो जिप दुर्घटनामा परी सोमबार साँझ तीनजनाको मृत्यु भएको छ ।

    चितवनबाट जन्ती लिएर आएको जिप फर्कने क्रममा सिरानचोक गाउँपालिका–५, आरुबोटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिए ।

    बा१४च ७८१ नंको स्कार्पियो जिप आरुबोटेको फिरफिरे भिरबाट झन्डै २०० मिटर तल खसेको उनको भनाइ छ । दुर्घटनामा परी मृत्यु भएकाहरूको पहिचान हुन नसकेको एसपी खनालले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय गोरखाबाट डिएसपी लीलाराज लामिछाने नेतृत्व प्रहरीको प्रहरी टोली घटनास्थल पुगिसकेको उनले बताए ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस