• जीवनशैली | Jiwanshaili
  • सुनको मूल्य घट्याे


    मंगलबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावल सुनको खरिद बिक्री मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ तोकिएको छ ।

    यस्तै तेजावी सुनको मूल्य ९६ हजार ७ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्यमा कुनै परिवर्तन नआएको महासंघको भनाइ छ । आज चाँदीको प्रतितोला मूल्य सोमबार जस्तै १२ सय ९० रुपैयाँ छ ।

    सोमबार छापावल र तेजावी सुनको मूल्य क्रमशः ९८ हजार २ सय र ९७ हजार ७ सय रुपैयाँमा खरिद बिक्री भएको थियो । हिजो पनि सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको थियो ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस