नातिनीले गरिन हजुरआमाको हत्या, पक्राउ
हजुरआमाको हत्या गरेको आरोपमा उदयपुरमा नातिनी पक्राउ परेकी छन् । त्रियुगा नगरपालिका– १३ बहेडवाका ६७ वर्षीया सुखनीदेवी चौधरीको हत्या आरोपमा उनकी नातिनी २४ वर्षीया ममता चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो ।
घरमा कोही नभएको बेला शंकास्पद रुपमा मृत भेटिएकी सुखनीदेवी चौधरीको नातिनीले हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट विशेष टोली गठन गरी अनुसन्धान गर्ने क्रममा मृतककी नातिनी त्रियुगा नगरपालिका वडा नम्बर १३ बहेडवा बस्ने वर्ष २४ की ममता चौधरीले हत्या गरेको पाइएको हो । अनुसन्धान टोलीले घटनाको केही दिनपछि हत्या भएको प्रमाण सहित नातिनीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
घटना भएको दिन ममता चौधरी माइतीघर हंसादेबी चौधरीको घर गई रक्सी पार्दै गर्दा मृतकको श्रीमान बच्चुलाल चौधरी गाईघाटतर्फ गएको अवस्थामा मृतकले ममता चौधरीलाई टिभी खोल्नका लागी घरमा बोलाएकी थिइन् ।
टिभी हेर्ने क्रममा नातिनी र हजुरआमा बीचमा विवाद उत्पन्न भएको थियो । विवाद हुँदा ममता चौधरीले सुखनीदेबी चौधरीलाई लात्तीले हानी भुईँमा लडाई घाँटी थिचि हत्या गरि मृतकलाई खाटमा सुताई भागेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
उनलाई उदयपुर जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।
क्याटेगोरी : गाँउघर, ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस