• जीवनशैली | Jiwanshaili
  • यी स्थानमा चट्याङ्ग सहित वर्षा हुने


     २०७९ वैशाख २५ गते (आइतबार) हाल नेपालमा स्थानीय वायु, पश्चिमि न्यून चापिय प्रणाली  र  भारतको मध्य प्रदेश देखि तामेलनाडु सम्म  बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ।

    हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १,बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    आइतबार दिउँसो  देशभर  आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश ,बागमती प्रदेश  र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाकी भू-भागका एक/दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    आइतबार राती  देशको पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सफा रहनेछ।प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक- दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस