• जीवनशैली | Jiwanshaili
  • सोमबारकाे मौसम पूर्वानुमान:यी स्थानहरूमा पानी पर्ने


    २०७९ वैशाख २६ गते सोमबार  हाल नेपालमा स्थानीय वायु र भारतको बिहार-पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ।हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १का तराई भू-भागका एक- दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    सोमबार दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    सोमबार राती  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सफा रहनेछ।कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

     


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस