• जीवनशैली | Jiwanshaili
  • पश्चिमी वायुको प्रभाव मंगलबार यी स्थानमा पानी पर्ने


    आज २०७९ वैशाख २७ गते मंगलबार हाल नेपालमा स्थानीय वायु र भारतको बिहार देखि पश्चिम बङ्गाल सम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको छ।

    हाल सूदूर पश्चिम, कर्णाली प्रदेशका भूभागमा आंशिक देखि सामान्य बदली रही बाकी भूभागमा आंशिक बदली रहेको छ।

    मंगलबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदुर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको केहि स्थानहरूमा र बाँकी भू९भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    मंगलबार राती देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा मौसम सफा रहनेछ।प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस