करेन्ट लागेर एक महिलाको ज्यान गयो
उदयपुर, २९ बैशाख
जंगलमा घाँस काटेर आउने क्रममा बाटोमा ११ हजार भोल्टको करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।
उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा करेन्ट लागेर एक महिलाको घटनास्थलमै जलेर ज्यान गएको हो । घाँस काटेर आउँदै गर्दा कटारी नगरपालिका–८ टोड्केपानी चौधकिलो खरबारीमा ६९ वर्षिय गंगामाया खत्रीको करेन्ट लागि जलेर ज्यान गएको हो ।
घाँस बोकेर आउँदै गर्दा बाटोमा रहेको फलामको पोेलमा छुन पुग्दा ११ हजार भोल्टको करेन्ट लागेर महिलाको कम्मरमुनी र टाउको जलेर खरानी भएको हो । उकालो बाटोमा हिंड्ने क्रममा बाटोको नजिकै रहेको पोलमा करेन्ट लागेका हुन । हावा हुरीले तार झरेर पोलमा करेन्ट लागेको हुन सक्ने पुर्व वडाध्यक्ष कमलश्रेष्ठले जानकारी दिए । ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी मानबहादुर राईले अनुसन्धान सुरु गरेको जानकारी दिए ।
पूर्ववडाध्यक्ष श्रेष्ठका अनुसार स्थानीयले विद्युत प्राधिकरणको प्रमुख आएर प्रतिबद्धता जनाएपछि मात्रै शव उठाउने भन्दै शब उठाएका छैनन् । नेपाल विद्युत प्राधिकरण कटारी शाखाका प्रमुख सन्तोष कार्कीले मृतकका परिवारलाई ५ लाख क्षतिपूर्ति दिने व्यवस्था रहेको जानकारी दिए । कार्कीले माटोमा बाँधेको तारमा हावाले झारेको तारले छुएको हुन सक्ने अनुमान गरेको छ ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस