मतदान गरेर फर्कर्दै गर्दा लडेर दुई जनाको मृत्यु
काठमाडौं, ३१ बैशाख
धनकुटा र भोजपुरमा मतदान गरेर फर्कदा लडेर दुई जनाको मृत्यु भएको छ ।
धनकुटाको पाख्रिवास नगरपालिका-६ तीन दोभाने बस्ने ५६ वर्षीय गणेश बरालको लडेर शुक्रबार साँझ मृत्यु भएको छ हो ।
प्रहरीका अनुसार सोही नगरपालिका-६ स्थित फलाटे माबि मतदान केन्द्रबाट भोट हाली घर फर्किने क्रममा तीन दोभानेचोक नजिक बाटोको छेउमा लडेर उनको मृत्यु भएको हो ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ सिकुवा बस्ने ३५ वर्षीया तारा राईको लडेर शुक्रबार साँझ मृत्यु भएको छ ।
सोही ठाउँस्थित देबी माध्यमिक विद्यालय भबन लेखर्क मतदान केन्द्रमा मतदान गरी घर फर्कने क्रममा सोही ठाउँस्थित पान्धारे लेखर्क जाने बाटोबाट करिब ३ सय मिटर तल लडेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
दुबै घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस