• जीवनशैली | Jiwanshaili
  • यी क्षेत्रमा वर्षा हुने


    काठमाडाैं, ३१ वैशाख

    आज शनिबार मुलुकका विभिन्‍न क्षेत्रमा वर्षा हुने भएकाे छ । काठमाडाैं उपत्यकामा बिहानैदेखि बदली छ ।

    माैसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुका कारण बिहान प्रदेश १, मधेस, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षा भएकाे छ ।

    दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

    राति प्रदेश १, मधेश र बागमतीका थोरै स्थानमा वर्षाको आँकलन गरिएकाे छ ।

    आइतबार पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस