आजको मौसम यी स्थानमा पानी पर्ने
आज २०७९ जेठ १ गते आइतवार हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ।
हाल देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही प्रदेश १ का थोरै स्थानहरू र बागमती प्रदेशका एकदुई स्थानहरूमा मेघ गर्जन र चटयाङ्ग सहित हल्का वर्षा भइरहेको छ।
आइतवार दिउँसो स् प्रदेश नं १, बागमती प्रदेशमा , गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुका साथै कर्णाली प्रदेश र सुदुरपश्चिमी प्रदेशका पहाडी भूभागका एकदुई स्थानहरूमा मेघ गर्जन र चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आइतवार राती प्रदेश नं १, गण्डकी प्रदेश, लुम्बिनी र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानहरूमा मेघ गर्जन र चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस