कार दुर्घटनामा क्रिकेटर साइमन्डको निधन
काठमाडौं, १ जेठ
अस्ट्रेलियाका पूर्वक्रिकेटर एन्ड्रियु साइमन्डसको कार दुर्घटनामा परि ४६ वर्षको उमेरमा निधन भएको छ । अलराउन्डर साइमन्डसले सन् १९९८ देखी २००९ सम्म अस्ट्रेलियाबाट २६ टेस्ट, १९८ एक दिवसीय र १४ टी- ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।
अस्ट्रेलियाले दुई पटक एक दिवसीय विश्वकप र सन् २००६-७ मा इङल्यान्डविरुद्धको एसेस शृंखला जित्दा उनी टोलीका प्रमुख सदस्य थिए । साइमन्डसले एक दिवसीयतर्फ १९८ खेलमा ३९ दशमलव ७५ को औसतमा पाँच हजार ८८ रन प्रहार गर्नुका साथै १३३ विकेट लिएका थिए ।
यसै वर्ष अस्ट्रेलियाका पूर्वस्पिनर सेन वार्न र विकेटकिपर रड मार्सको पनि निधन भएको थियो ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस