यी पाँच प्रदेशमा पानी पर्ने
२०७९ जेठ २ गते सोमवार हाल नेपालमा स्थानीय वायु र भारतको विहार, पश्चिम बंगाल आसपास रहेको न्युन चापीय रेखाको सामान्य प्रभाव रहेको छ।
हाल प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही मधेस प्रदेशमा आंशिक बदली रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ।प्रदेश नं १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको भइरहेको छ।
सोमवार दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुका साथै लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
सोमवार राती : प्रदेश नं १ र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम समान्यता सफा रहनेछ। प्रदेश नं १, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुका साथै बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस