• जीवनशैली | Jiwanshaili
  • दार्चुलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु


    दार्चुला, २ जेठ

    दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानीमा आज बिहान जिप दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा जिप चालक स्थानीय २३ वर्षीय प्रकाश सिंह धामी, जिपमा सवार सोही स्थानका १९ वर्षीय हरिश धामी र २२ वर्षीय नबिन धामी रहेका छन् ।

    गोकुलेश्वर बजारबाट ग्वानीतर्फ जाँदै गरेको से १ ज २७७ नम्बरको जिप आज बिहान साढे ९ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको थियो ।

    जिपमा चालक सहित ३ जना मात्र सवार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस