• जीवनशैली | Jiwanshaili
  • नेपालमा १४९ जना कोरोनाका सक्रिय संक्रमित 


    काठमाडौं, ३ जेठ

    नेपालमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या १४९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार ३ हजार ५६५ पीसीआर परीक्षणमा १८ जना र ६३२ एन्टिजेन परीक्षणमा १ जना गरी कुल १९ जनामा भाइरसको संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

    यसैगरी, मंगलवार १८ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ९२१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्


    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार