• जीवनशैली | Jiwanshaili
  • पाँच वर्षीय छोराको हत्याको आरोपमा बाबु पक्राउ


    कपिलवस्तु, ६ जेठ

    आफ्नै झड्केलो पाँच वर्षीय छोरा आशिष कुमालको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा वाणगंगा नगरपालिका–५ सिमलखोर बस्ने २६ वर्षीय लक्ष्मण कोहार छन् । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

    कोहारले कुटपिट गर्दा गम्भीर घाइते भएका आशिषको सामुदायिक अस्पताल चार नम्बरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोपवा र इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस