• जीवनशैली | Jiwanshaili
  • सुनको मूल्य 1 हजारले बढ्याे


    नेपाली बजारमा सुनको मूल्य शुक्रबार बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १ हजार रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार एक ८ रुपैयाँ रहेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२५५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १२७० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस