• जीवनशैली | Jiwanshaili
  • स्थानीय , न्यून चापीय र पश्चिमी वायुको प्रभाव,यी स्थानमा चट्याङ्ग सहित पानी पर्ने


    २०७९ जेठ १० गते मंगलबार हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

    हाल सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली रही देशका अन्य भू-भागमा आंशिक देखि सामान्यता सफा रहेको छ ।साथै सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै र बाकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    मंगलबार  दिउँसो : सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग  र  हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    मंगलबार  राती :  लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश न १ लगायत अन्य देशका पहाडी भू-भागमा आंशिक देखि  सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा  मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस