मेक्सिकोमा बन्दुकधारीको हमलामा १० जनाको मृत्यु
मेक्सिको सिटी, ११ जेठ
बन्दुकधारीहरूले मेक्सिकोको मध्य शहर सेलायामा एउटा होटल र दुई ओटा बारमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ । आक्रमणमा एक आपराधिक समूह संलग्न रहेको अधिकारीहरूले बताएका छन् । आक्रमणमा दुई जना घाइते भएका छन् । गुआनाजुआटो राज्यको सेलायास्थित सुरक्षा सचिवालयका अनुसारमारिनेमा सात जना महिला छन् ।
आक्रमणपछि बन्दूकधारीहरुले आगो लगाइदिएका थिए । शवहरु टेबल र कुर्चीमा छरिएको अवस्थामा फेला परेका थिए । आक्रमणको उद्देश्य प्रष्ट हुन सकेको छैन् । मेक्सिकोमा आपराधिक समूहले बारम्बार सर्वसाधारणलाई निशाना बनाउने गरेका छन् । लागुऔषध, तस्करीका कारण आपराधिक गतिविधि निरन्तर बढिरहेका छन् ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस