कीर्तिपुरमा १४ वर्षीया बालिका बलात्कृत
काठमाडौं, १० जेठ
काठमाडौंको कीर्तिपुर नगरपालिकामा एक जना १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
उनलाई बलात्कार गरेको अभियोगमा कीर्तिपुर नगरपालिका–५ पाँगा बस्ने २१ वर्षीय विक्की महर्जनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई विवाह गर्छु भनि ललाई फकाई आइतबार राति आफ्नै कोठामा ल्याई महर्जनले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
उक्त घटना भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस