बसको ठक्करबाट प्रहरीसहित २ को ज्यान गयाे
झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित २ जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान को १ ख ७१८७ नंको झुल्केदेवी यातायात (बस)ले प्रदेश१–०२०४०प ७१४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
मृत्यु हुनेमा मोरङ पथरी–शनिश्चरे–८ का २६ वर्षीय प्रकाश राई र भोजपुरको षडानन्दका २६ वर्षीय जितुहाङ राई छन् । मृतक प्रकाश जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान हुन् भने जितुहाङ म्यादी प्रहरी हुन् । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस