काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लंघन गर्ने १९ सय १६ सवारी चालकमाथि कारवाही
काठमाडौं, ११ जेठ
ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यका भित्र ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९१६ जना सवारी चालकलाई कारवाही गरेको छ ।
मंगलबार काठमाडौंं उपत्यकामा विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १५६ जना, मदिरा पिएर सवारी साधन चलाउने ९८ जना, तिब्र गतीमा सवारी साधन चलाउने ६१ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६६ जना रहेका छन् ।
यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ६६ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ४६ जना, लेन उल्लंघन गर्ने ३४ जना, रातो बत्तीको उल्लङ्घन गर्ने २३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने १९ जना चालकहरू पनि कारवाहीमा परेका छन् ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस