छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौं, ११ जेठ
झापा, सुनसरी, कास्की, सर्लाही र कपिलवस्तुमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
झापाको शिवसताक्षी नगरपालिका–१ मा को. १ ख ७१८७ नम्बरको बसले प्रदेश १–०२–०४० प ७१४९ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार भोजपुर षडानन्द नगरपालिका–८ घर भएका २३ वर्षीय टिचोहाङ राई रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुनसरीको रामधुनी नगरपालिका–१ झुम्का बजारमा प्रदेश १–०२–०३ त १९७८ नम्बरको ट्रयाक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका–२ बस्ने ७० वर्षीया जैती देबी चौधरी रहेकी छन् । उनको मंगलबार राति मृत्यु भएको हो ।
कास्कीको पोखरा महानगरपालिका–९ नागढुङ्गाको ओरालोमा ग.१९ प ५२१ नम्बरको स्कुटर गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटरमा सवार सोही महानगरपालिका–३३ तल्लो पुडिटार बस्ने ४० वर्षीय किशोर कुमार थापा रहेका छन् ।
सर्लाहीको हरिवन नगरपालिका–१० सुकेपोखरीस्थित सडकमा ना.६ ख ३२६८ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीया महिला रहेकी छन् । उनको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको हो ।
कपिलवस्तुको बुद्धभूमी नगरपालिका–२ पानीधारास्थित सडकमा ना.५ ख ७७५ नम्बरको बसको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–९ जग्दिशपुर बस्ने ३० वर्षीय अशोक थारु रहेका छन् । उनको बुधबार बिहान मृत्यु भएको हो ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस