दैलेखमा बस दुर्घटना चारको मृत्यु अन्य ३४ जना घाइते
कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका-१ सिस्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् ।
कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस सिस्नेमा दुर्घटनामा परेको दैलेखको घटनास्थलबाटै आठबिस नगरपालिकाका पूर्व नगरप्रमुख खड्गराज उपाध्यायले जानकारी दिनुभयो ।
‘दुर्घटना भएको बस कर्णाली नदीको तिरमा छ, छतमा र बसको कोलियामा समेत मानिसहरू थिए,’ उहाँले भन्नुभयो, ‘बसभित्रबाट घाइतेहरू निकाल्दै छौं, चार जनाको मृत्यु भएको छ ।’
रातिको समय भएकाले उद्धारमा समस्या भएको उहाँले बताउनुभयाे ।
उद्धारका लागि घटनास्थलमा प्रहरी पुगिसकेको छ । अहिले प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् ।
घाइते सबैको अवस्था गम्भीर रहेको र एम्बुलेन्स पनि अभाव भएको उपाध्यायले बताउनुभयाे । हेलिकप्टरबाट उद्धार गर्न सके धेरैको ज्यान जोगाउन सकिने उहाँको भनाइ छ ।
उद्धारका कामलाई प्रभावकारी बनाउन सुरक्षा निकायको चार वटा टोली खटाएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो ।
दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले दैलेख, दुल्लु, आठबिस र तल्लो डुँगेश्वरबाट उद्धारका लागि टोली पठाएको बताउनुभयो ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस