• जीवनशैली | Jiwanshaili
  • शुक्रबारकाे माैसमः यी स्थानमा हावा हुरी सहित पानी पर्ने


    २०७९ जेठ १३ गते शुक्रबार हाल नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ।

    हाल प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश लागायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा सामान्य बदली रहि प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानमा वर्षा भईरहेको छ।

    दिउँसो : कर्णाली प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका थोरै  स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग  र  हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    राती : प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक देखि  सामान्य बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का थोरै स्थानहरूमा  र अन्य पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस