• जीवनशैली | Jiwanshaili
  • शुक्रबार सुनको मूल्य बढ्याे


    शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाला सुन तोलामा दुईसय रुपैयाँले बढ्दै ९८ हजार रुपैयाँ कायम भएको हो ।
    अघिल्लो दिन छापावाला सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

     

    यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा दुईसय रुपैयाँले नै बढ्दै ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले बढ्दै आज एकहजार २८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस