• जीवनशैली | Jiwanshaili
  • दाङमा गोली लागेर एक जनाको मृत्यु


    घोराही, १४ वैशाख

    दाङमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सीमाना रहेको जँगलमा सिकार खेल्न गएका लमही नगरपालिका वडा नम्बर– १ बौराह निवासी २३ वर्षीय कालुराम घर्ती मगरको गोली लागेर मृत्यु भएको दाङ प्रहरीले जनाएको छ । उनको घाँटीमा गोली लागेको छ ।

    घटनामा संलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई हिरासतमा लिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस