बलात्कारको परिभाषा संशोधन गर्नुपर्ने माग
सुन्दै सिरिङ्ङ हुनेगरीको घटना बिहीबार राति चितवनको खैरहनी– १० को मुसहरवस्तीमा भयो । घटना हो– श्रीमानले श्रीमतीको योनीमा हात हालेर पाठेघर निकालेर फालिदिएको ।
घटनामा संलग्न भएको भन्दै प्रहरीले श्रीमान रामचन्द्र माझीलाई पक्राउ गरेको छ । श्रीमतीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि संखुवासभामा एक महिलाको योनीमा तातो पानी लगाइदिएको घटना सार्वजनिक भएको थियो । जुन घटनासम्बन्धी रिट सर्वोच्च अदालतसम्मै आइपुग्यो ।
यी दुईवटा त भए, प्रतिनिधिमुलक घटना ।
संसद्को महिला तथा सामाजिक समितिले आइतबार आयोजना गरेको एक कार्यक्रममा सांसद बिनाकुमारी श्रेष्ठले यस्ता घटनालाई पनि बलात्कारकै रूपमा लिनुपर्ने मत व्यक्त गरिन् ।
यसका लागि बलात्कारलाई नयाँ ढङ्गबाट ब्याख्या र परिभाषा गर्नुपर्ने बेला आएको पनि बताएकी छिन् ।
‘चितवनको घटना हामीलाई थाहा छ । अनेक खालका घटना हुँदै आएका छन् । यस्तो घटनालाई पनि यौनजन्घ कसूरअन्तर्गत बलात्कार मान्नुपर्छ । र, बलात्कारलाई नयाँ ढङ्गबाट ब्याख्या र परिभाषा गरिनुपर्छ’, सांसद श्रेष्ठले भनिन् ।
मुलुकी अपराध संहिता– २०७४ को जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी परिच्छेदको २१९ (ख)को स्पष्टीकरणमा ‘गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्गबाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ ।
यही परिभाषालाई संशोधन गर्नुपर्नेमा सांसद श्रेष्ठले जोड दिएकी हुन् ।
अधिवक्ता सविन श्रेष्ठले पनि चितवन र संखुवासभामा भएका घटनालाई पनि बलात्कार भनिनुपर्ने र कायम रहेको बलात्कारसम्बन्धी परिभाषा संशोधन हुनुपर्ने बताए ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस