• जीवनशैली | Jiwanshaili
  • मंगलबार यी यी स्थानमा पानी पर्ने


    २०७९ जेठ १७ गते मंगलबार हाल नेपालमा स्थानीय वायु, भारतको  उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

    प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका केही  स्थानहरुमा र बाँकी प्रदेशका एक वा दूई स्थानमा मेघ गर्जन / चट्याङ्ग  र  हावा  हुरी सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमाजल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेकाे छ।

    हाल देशको पहाडी भू-भागमा आंशिक देखि  सामान्य बदली  रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    मंगलबार  दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि  सामान्य बदली  रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका केही  स्थानहरुमा र बाँकी प्रदेशका एक वा दूई स्थानमा मेघ गर्जन / चट्याङ्ग  र  हावा  हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    मंगलबार  राती :  प्रदेश १, मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश  र गण्डकी प्रदेश का थोरै स्थानहरुमा र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई  स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग  र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस