सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिन जंग रायमाझी नियुक्त
सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिन जंग रायमाझी नियुक्त भएका छन्।
सोमबार बसेको सञ्चालक समितिको बैठकले यहि जेठ १८ गतेदेखि लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।नेपाल बंगलादेश बैंकबाट बैंकिंग सुरू गरेका रायमाझीले नेपाल राष्ट्र बैंक लगायत विभिन्न बैंक (एनसीसी. बैंक, मेगा बैंक र प्रभू बैंक)मा गरी कुल २१ बर्षको बैंकिङ अनुभव बटुलेका छन्।
विगत साढे चार वर्षदेखि सिभिल बैंकको प्रमुख कर्जा अधिकृत तथा प्रमुख संचालन अधिकृतको समेत भूमिका निर्वाह गरेकाले उनले नायब प्रमुख कार्यकारी अधिकृतको भूमिका समेत सफलतापूर्वक निर्वाह गर्ने बैंकले विश्वास राखेको छ।सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वर्तमान प्रमुख कर्जा अधिकृत सचिन जंग रायमाझीले बैंकमा पुर्याएको योगदानको उच्च कदर गर्दै बैंकको सञ्चालक समितिले उनलाई नायब प्रमुख कार्यकारी अधिकृतको कार्यभार सुम्पिएकोमा खुशी व्यक्त गरे।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस