जलवायु परिवर्तनले पृथ्वीमा असर गरिरहँदा यो प्राणीले लिएको छ फाइदा
न्युयोर्क, १८ जेठ
अहिले मानिसदेखि जनावर, चराचुरुङ्गीदेखि स–सान किराहरू सबै प्राणी जलवायु परिवर्तनको नकरात्मक असरको प्रत्यक्षदर्शी बनेका छन् । तापक्रममा भएको बृद्धिले जैविक प्रणालीलाई नै परिवर्तन गरेको छ ।
वर्षा सिजनले जनावर र विरुवाको वासस्थान नाश भइरहेको छ । बढ्दो खडेरी र अप्रत्यासित हिमपात पृथ्वीका प्राणी जाेखिममा छन् ।
यद्यपि, बढ्दो तापमानले वास्तवमा एउटा प्रजातिलाई फाइदा गरेको छ । त्यो हो र्याटलस्नेक । अमेरिकाको मिसिगन विश्वविद्यालयको नेतृत्वमा गरिएको एक अध्ययनले पत्ता लगाएको छ कि र्याटलस्नेकहरू चिसो रगत भएका प्राणी भएकाले उच्च तापक्रम मन पराउँछन् ।
न्यानो जलवायुका कारण उनीहरूले उजाडयुक्त स्थानमा बढी समय बिताउँने र कम समय सुत्ने एउटा नयाँ अध्ययनले देखाएको छ ।
अध्ययनका लागि अनुसन्धानकर्ताहरूको समूहले प्रशान्त क्षेत्रका र्याटलस्नेकको जाँच गरेका थिए । यी सर्पहरू ८६ देखि ८९ डिग्री फरेनहाइट तापक्रम मन पराउने पत्ता लागेको थियो । प्रशान्त क्षेत्रका र्याटलस्नेक दक्षिणी क्यालिफोर्नियाको मरुभूमिमा पाउन सकिन्छ । तिनीहरू वासिंगटन जस्तो चिसो क्षेत्रमा पनि बस्न सक्छन् ।
युनिभर्सिटी अफ मिसिगनमा विद्यावारधीका छात्र हेली क्रोवेलले भने, ‘उनीहरू उत्तम संसारमाभन्दा चिसो तापक्रममा रहन्छन् । जलवायुमा केही डिग्री वृद्धि भयो भने पनि उनीहरू खुशी हुन सक्छन् किनभने यो ताापक्रम उनीहरूले मन पराउछन् । ’
शिकार तथा पानीको कम उपलब्धता र जंगलमा लागेको आगोको जोखिम बढेकोले रेटलस्नेकहरूले नकारात्मक प्रभावहरूको सामना पनि गरेका छन् । तर, र्याटलस्नेकमा अन्य जनावरमाभन्दा न्यून मेटाबोलिजम हुने र बाँच्नका लागि धेरै खानेकुरा आवश्यक नपर्ने क्रोवेलको भनाइ छ ।
अध्ययन इकोलोजी एन्ड इभोलुसन जर्नलमा प्रकाशित छ ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस