एक साता अगाडि नै भित्रियो पूर्वीनेपालबाट मनसुन
काठमाडौं, २२ जेठ
पूर्वीनेपालबाट एक साताअघि नै मनसुन भित्रिएको छ । १३ जुनमा भित्रिनुपर्ने मनसुन एक साताअघि नै ५ जुन (२२ जेठ आइतबार) प्रदेश १ बाट भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आइतबार दिउँसो साढे २ बजे विशेष मौसम बुलेटिन जारी गरेर महाशाखाले दिएको जानकारीमा भनिएको छ, ‘नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । हाल यस वर्षको मनसुन प्रणाली आज मिति २०७४/०२/२२ का दिन नेपालको प्रदेश १ मा आगमन भएको छ । यस वर्षको मनसुन सरदर मिति भन्दा अगाडी नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको देखिन्छ ।’
नेपालको अन्य भू–भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने अनुमान गरिएको महाशाखाले जनाएको छ ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस