• जीवनशैली | Jiwanshaili
  • सुनको मूल्य बढ्याे


    आज सुन-चाँदीको मूल्य बढेको छ।

    सोमबार सुन प्रतितोला ९८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १२ सय ९० रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    अघिल्लो दिन सुन प्रतितोला ९७ हजार नौ सय रूपैयाँ र चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भएको थियो। यसर्थ, अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला दुई सय रूपैयाँ र चाँदी प्रतितोला १५ रूपैयाँ बढेको हो।

    अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस १८ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस