• जीवनशैली | Jiwanshaili
  • सुनको मूल्य घट्याे


    आज सुन चाँदीको मूल्य घटेको छ।

    मंगलबार सुन प्रतितोला ९७ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    अघिल्लो दिन सुन प्रतितोला ९८ हजार १ सय रूपैयाँ र चाँदी प्रतितोला १२ सय ९० रूपैयाँमा कारोबार भएको थियो। यसर्थ, अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ६ सय रूपैयाँ र चाँदी प्रतितोला १५ रूपैयाँ घटेको हो।

     


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस