• जीवनशैली | Jiwanshaili
  • मकवानपुरमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु


    मकवानपुर, २४ जेठ

    मकवानपुरको मनहरी गाउँपालिका–६ डिपाटमा आज बिहान सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा अन्दाजी ५० वर्षीय पुरुष रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

    नम्बर नखुलेको सवारी साधनले आज बिहान पौने ६ बजे पैदल हिडिरहेका पुरुषलाई ठक्कर दिएको थियो ।

    दुर्घटना पश्चात सवारी साधनसहित फरार भएका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले जनाएको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस