चार दिनदेखि हराएकी बालिकाको शव मकैबारीमा फेला
सुर्खेत, २५ जेष्ठ
चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ । जिल्लाको गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी अन्दाजी ७ वर्षीय बालिका ग्रीस्मा विकको शव मकै बारीमा फेला परेको हो ।
नेपाली काँग्रेसको वडा नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा शनिवार हजुरआमासँगै सहभागी विक सोही दिन हराएको जानकारी आफन्तले दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनकाअनुसार बालिकाको शव विकको घरदेखि एकसय मिटरको दुरीमा मंगलबार बिहान फेला परेको हो ।
आफन्तले शुरुमा बालिका अन्य आफन्तको घर गएको हुनसक्ने अनुमान गरेपनि खोज्दै जाँदा नभेटिएपछि सोमबार मात्रै प्रहरीलाई खबर गरेको गुर्भाकोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लालबहादुर पुनले बताए ।
घटनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थल पुगेको छ । बालिकाको मृत्युको कारण नखुलेपनि घटनामा संलग्न भएको आशंका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस