• जीवनशैली | Jiwanshaili
  • दहचोकमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ


    काठमाडौं,२५ जेठ

    चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ वर्षीय नारायण सुवेदी लगायत छन् । उनीहरुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    उक्त टहरामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्भुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार १० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस