• जीवनशैली | Jiwanshaili
  • बिहीवार  यी स्थानमा पानी पर्ने


    २०७९ जेठ २६ गते बिहीवार नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

     प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी  प्रदेशमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली भई प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी  प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

     बिहीवार दिउँसो  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा  सामान्य देखि पूर्ण बदली  रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ , मधेश प्रदेश,  बागमती प्रदेश, गण्डकी प्रदेशका केही  स्थानहरुमा तथा कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    बिहीवार  राती   प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस