• जीवनशैली | Jiwanshaili
  • पोखराबाट काठमाडौं उडेको जहाज जनकपुर पुग्यो


    पोखरा, २५ जेठ

    पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेको छ । मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एअरले जनाएको छ ।

    साढे १ बजे उक्त जहाज काठमाडौं तर्फ उडेको थियो । मौसम खराब भएकै कारण अवतरणमा समस्या भएको बुद्ध एअर पोखराले जनाएको छ ।

    त्यसपछि पोखराका अन्य उडान पनि अवरुद्ध भएको थियो ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस