• जीवनशैली | Jiwanshaili
  • झापामा ११ वर्षीया बालिका बलात्कृत


    झापा, २६ जेठ

    झापामा एक जना ११ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

    उनलाई बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–११ बस्ने २८ वर्षीय विपिन राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

    मेचीनगर नगरपालिका–१३ चारआलीस्थित झिल जाने बाटोमा ती बालिकालाई राईले मंगलबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस