बलात्कार आरोपी तीन नाबालकलाई सुधारगृह पठाइयो
सप्तरी, २६ जेठ
जिल्ला प्रहरी कार्यालय सप्तरीले सामूहिक बलात्कार घटनाका आरोपित तीन नाबालकलाई बिहीबार बालसुधार गृह पठाइएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले उनीहरूलाई बालसुधार गृह वीरगञ्ज पठाएको हाे ।
शम्भुनाथ मेला घुमाउन लगेर बलात्कार गरेको आरोपमा शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय सुरेश भनिने सुरैतलाल राम भने पुर्पक्षका लागि राजविराज कारागारको थुनामा पुगेका छन् । घटनाका मुख्य आरोपित २० वर्षीय दिपक सरदार भने फरार छन्।
पूर्व–पश्चिम राजमार्गको दक्षिण शम्भुनाथ नगरपालिका–३ स्थित प्रसिद्ध शम्भुनाथ मन्दिरमा लाग्ने मेला घुम्न गएकी १७ वर्षीया बालिकालाई २ जेठमा आरोपित पाँचजनाले सामूहिक बलात्कार गरेको पीडितको आरोप रहेको छ।
पीडितका अनुसार आरोपितहरूले शम्भुनाथ मन्दिरदेखि सय मिटर पूर्व–दक्षिणतर्फ पानी ट्यांकी छेउमा लगेर सामूहिक बलात्कार गरेका हुन् ।
घटनाबारे घरपरिवारमा जानकारी गराएपछि पीडितका हजुरबुवाले घटनाकै दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।
उजुरीका आधारमा सप्तरी प्रहरीले तत्कालै सुरैतलाल र तीन नाबालकलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । जिल्ला प्रहरीले ३ जेठमा पीडितको अस्पतालमा स्वास्थ्य परीक्षण गराई उजुरी दर्ता गरेको थियो ।
जिल्ला न्यायाधीश श्रेष्ठको आदेशमा आरोपित मध्ये सुरैत लाल पुर्पक्षका लागि थुनामा र अन्य तीन नाबालक बालसुधार गृह पठाउने आदेश भएको अदालतले जानकारी दिएको छ । पाँच जनामध्ये एक जना आरोपित अझै फरार रहेका उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस