• जीवनशैली | Jiwanshaili
  • मोरङको गछियामा सिभिल बैङ्कको नयाँ एक्सटेन्सन काउन्टर 


    सिभिल बैङ्कले मोरङको सुन्दरहरैँचा गछियामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
    समृद्धिका लागि सिभिल बैङ्क भन्ने नाराका साथ अगाडी बढिरहेको बैङ्कले आफ्नो शाखा विस्तारको क्रममा मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका, वडा नं ३, गछियामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । गछियामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा आए सँगै अब त्यस क्षेत्रका सेवाग्राहीहरूले आफ्नो सम्पूर्ण बैङ्किङ कारोबारहरू सजिलैसँग गर्न सक्ने बैङ्कले बताएको छ ।
    शुक्रवार राष्ट्रिय सभा सदस्य रमेश जङ्ग रायमाझी उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेका थिए ।
    उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा प्रमुख अतिथि माननीय रमेश जङ्ग रायमाझी, उद्योग सङ्गठन मोरङका उपाध्यक्ष भोलेश्वर दुलाल, सिभिल बैङ्कका कायम कायममुकायम प्रमुख सञ्चालन अधिकृत युवराज गुरागाईँ, प्रदेश नं. १ का प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति, मिडियाकर्मीहरू तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

    सात लाख भन्दा बढी ग्राहकहरूलाई ११५ शाखाहरू मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैङ्कले यस एक्सटेन्सन काउन्टर सहित १२ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ । साथै बैकको हालसम्म ९७ एटिएम रहेका छन् । बैङ्कले हालसम्म करिब रु. ९२ अर्ब निक्षेप परिचालन गरी रु. ८७ अर्ब भन्दा बढी कर्जा लगानी गरीसकेको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस