• जीवनशैली | Jiwanshaili
  • शनिवार कुन कुन ठाउँमा पानी पर्ला ? हेर्नुहाेस्


    २०७९ जेठ २८ गते शनिवार नेपालको प्रदेश न १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

    बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली देखि मौसम सफा रहेको छ ।

    शनिवार  दिउँसो : प्रदेश १, मधेश प्रदेश , बागमती र गण्डकी प्रदेश प्रदेश लगायत देशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश , बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा अन्य प्रदेशका पहाडी भू-भागहरूका एक दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    शनिवार राती : प्रदेश १, मधेश प्रदेश , बागमती र गण्डकी प्रदेश प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का केही स्थानहरू र अन्य प्रदेशका पहाडी भू-भागहरूका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस