ह्वात्तै बढ्याे सुनकाे मुल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य आज एकै दिन १५ रुपैयाँ प्रतितोलाले बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्य तोक्दै भाउ शुक्रबारको तुलनामा १५ सय रुपैयाँले बढेको जानकारी दिएको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको कारोबार मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ छ । जुन, गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ थियो ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस