बदमासी गरेपछि जागिरबाट निकालिए, उनैले चोरे साढे ७ लाख
पोखरा १४ मा रहेको वीपीमार्गमा रहेको चुलो सेवामा काम गर्थे २१ वर्षका अजित विक । केही समय काम गरेपछि उनको काममा शंका लाग्यो । कम्पनीले उनलाई बदमासी गरेको आशंकामा जागिरबाट निकालिदियो । २ महिना अघि कामबाट निकालिएपछि विकले सोही कम्पनीमा लुट्ने योजना बनाए ।
लेखापाल काम गरेका उनलाई पैसा कहाँ राखिन्छ र कत्तिको सुरक्षित छ भन्ने हेक्का थियो । विकले ग्रिल र झ्याल फुटाएर काउण्टरमा भएको पैसा चोरे । सन्चालक सन्तबहादुर लामिछानेका अनुसार ७ लाख २५ हजार ३ सय ५० र ९ हजार भारतीय रुपैयाँ थियो । तर विकको साथबाट ३ लाख ६२ हजार ३ सय ८० रुपैयाँ मात्रै बरामद भएको प्रहरीले जनाएको छ ।
थप २ लाख रुपैयाँ पनि घरमा लुकाएको स्विकार गरेको प्रहरीका निमित्त प्रबक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए । औद्योगिक क्षेत्रबाट सादा पोशाकमा खटिएको प्रहरीले विकलाई शंकास्पद अवस्थामै पक्राउ गरेको हो । तत्कालै खानतलासी गर्दा उनको साथबाट नगद भेटिएको प्रहरीले जनाएको छ । सोधपुछका क्रममा स्रोत खुलाउन नसकेपछि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गैह्रापाटन पठाएको थियो । विकमाथी चोरी कसुरमा मुद्धा दर्ता गरि थप अनुसन्धान भइरहेको छ ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस