• जीवनशैली | Jiwanshaili
  • डडेल्धुरामा खोलाले बगाउँदा विद्यालयबाट फर्किएका एक बालकको मृत्यु


    डडेल्धुरा, ७ असार

    डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा परशुराम नगरपालिका–११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजन छन्।

    पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट मंगलबार दिउँसो घर जाने क्रममा पातलीको ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक हरिदत्ता जोशीले जानकारी दिए।

    बगेको ठाउँबाट ५०/६० मिटिर तल निराजनको शव फेला गरेको उनले खोलाले बगाउँदा अन्य दुई विद्यार्थी घाइते भएका छन्। घाइते हुनेमा सोही ठाउँका अन्दाजी १५ वर्षीय रेशम साउँद र १४ वर्षीय गोपाल साउँद रहेका छन्। रेशम र गोपाल कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन् । रेशमको अवस्था गम्भीर रहेको प्रअ जोशीले बताए।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस