• जीवनशैली | Jiwanshaili
  • देशभर मनसुनी वायुको प्रभाव:यी स्थानमा भारी वर्षा हुने


    २०७९ असार १४ गते (मंगलबार) हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।हाल देशभर सामान्य बदली रहेको छ। बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा  भइरहेको छ।

    दिउँसो:  देशभर सामान्य देखि पुर्ण बदली रहनेछ ।  देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदुर पश्चिम प्रदेश का एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    राती : देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना। कर्णाली र सुदुर पश्चिम प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस